गण्डकीमा ह्वात्तै बढ्यो ‘सवारी कर’ (कुन सवारीको कति?)
हरेक ६ महिनामा जाँचपास गर्नुपर्ने
कास्की | असार ८, २०७९
पोखरा: गण्डकी प्रदेश सरकारले सवारी साधनको करमा चरम वृद्धि गरेको छ । आगामी वर्षदेखि लागू हुनेगरी सवारी साधनको वर्गिकरण गर्दै सिसी अनुसार कर वृद्धि गरेको हो ।
दुइपांग्रे सवारीलाई यसअघि ४ तहमा विभाजन गरेपनि आगामी वर्षदेखि ६ तह (१२५, १२५–१५०, १५०–२२५, २२५–४००, ४००–६५० र ६५० सिसी भन्दा माथि क्षमता अनुसार वर्गिकरण गरि कर संकलन गरिनेछ ।
कुन सवारीको कति?
दुई पाङ्ग्रे सवारी तर्फ १२५ सिसी क्षमताका सवारीले ३ हजार कर तिर्नुपर्ने बताइएको छ र १२५ देखि १५० सम्म ५ हजार, त्यसैगरि २२५ सम्म ६ हजार ५ सय, ४ सय सिसीसम्म को मोटरसाइकलले ११ हजार, ६५० सिसीसम्मको साधनले २० हजार र त्यसमाथिका सवारीलाई ३० हजार कर तोकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ ।
यसैगरि चार पाङ्ग्रे सवारी साधनमा १० हजार रुपैयाँले कर वृद्धि गरेको छ । १ हजार सिसीसम्म क्षमताका निजी सवारी साधन कार, जीप, भ्यान, माइक्रोबसले वार्षिक रुपमा २२ हजार बुझाउनु पर्नेछ ।
२५ सय देखि २९ सय सिसी क्षमताका सवारीले ४० हजार तिर्दै आएका छन् भने आगामी वर्षदेखि ५० हजार तिर्नुपर्ने बताइएको छ । भने ३५ सय सिसीसम्मका सवारीले आउँदो वर्ष ६५ हजार राजस्व तिर्नुपर्नेे छ ।
यसैगरि टिप्परले अब ४२ हजार कर तिर्नुपर्छ भने डोजर, एक्साभेटर, लोडर, क्रेन, मिनिटिप्परको कर ४० हजार नै यथावत राखिएको छ ।
कृषि क्षेत्रमा प्रयोग हुने ट्रयाक्टर, पावर टेलरलाई १ हजार ३ सय देखि ३ हजारसम्म कर बढाइएको बताइएको छ । ट्रयाक्टरको कर ४ हजारबाट ७ हजार पुग्दा पावरटेलरको ३ हजार २ सय बाट ४ हजार ५ सय पुगेको छ ।
यातायात व्यवस्था कार्यलय गण्डकीका अनुसार मिनिट्रक–मिनिबसको कर २७ हजार कायम गरिएको छ । भने ट्रक र बसले ३५ हजार तिर्नुपर्ने छ ।
हरेक ६ महिनामा सवारी जाँचपास
गण्डकी प्रदेश सरकारले आगामी वर्षदेखि अर्धवार्षिक रूपमा सवारीको जाँचपास गर्नुपर्ने प्रावधान अगाडी सारेको छ । निजि तथा सार्वजनिक सवारी साधनले जाँचपाससँगै नवीकरण समेत गर्नुपर्ने बताइएको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

